
१ चैत, काठमाडौं । त्रिवि, विश्वविद्यालय क्याम्पसमा बैठक बस्न नसकेपछि स्वयम्भूको एक होटलमा बसेको निर्वाचन समितिको बैठक अनिर्णित बनेको छ ।
समितिका सदस्यसँगै विद्यार्थी नेता पनि होटलमै पुगेपछि निर्णय गर्न नसकिएको समितिका एक सदस्यले जानकारी दिए । ‘हामी रहरले होटलमा बैठक बस्न गएका थिएनौं । त्रिविमा बस्न नसकेपछि सुरक्षाको हिसाबले होटलमा गएका थियौं । विद्यार्थीको समूह होटलमै आएपछि केही निर्णय भएन,’ समितिका एक सदस्यले भने ।
विश्वविद्यालय क्याम्पसमा नेविसंघको दुई वटा समूहको उम्मेदवारी परेपछि आधिकारिकताको विषयमा विवाद भएको हो । जसका कारण उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएको छैन । यो सँगै विश्वविद्यालय क्याम्पसको चुनाव प्रभावित भएको छ ।
कार्यतालिका अनुसार बिहीबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नुपर्ने थियो । ‘चुनाव अनिश्चित भएको छ । अब के गर्ने अन्योल छ । भोलि शनिबार फेरि एकपटक प्रयास गर्छौं,’ समितिका एक सदस्यले भने ।
नेविसंघको आन्तरिक विवादले चुनाव नै अनिश्चित बनेको छ । चुनवको मिति ५ चैतका लागि तोकिएको छ ।
प्रतिक्रिया 4