+

दोसोपटक आफ्नै कीर्तिमान तोड्दै अर्जुनले जिते मञ्जुश्री ट्रेल रेसको उपाधि

२०८१ चैत  २ गते ११:५२ २०८१ चैत २ गते ११:५२
दोसोपटक आफ्नै कीर्तिमान तोड्दै अर्जुनले जिते मञ्जुश्री ट्रेल रेसको उपाधि

२ चैत, काठमाडौं । अर्जुन कुलुङ राई दोस्रोपटक मञ्जुश्री ट्रेल रेसमा कोर्स रेकर्ड राख्दै पाँचाै मञ्जुश्री ट्रेल रेसको उपाधि जितेका छन् ।

खेल पर्यटनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित भएको नेपालकै लामो ट्रेल रेस ‘मञ्जुश्री ट्रेल रेस’ को १०० माइलको रेसमा निर्धारित दूरी अर्जुनले २६ घण्टा २९ मिनेट २५ सेकेन्डमा पूरा गर्दै लगातार दोस्रो पटक कीर्तिमान सहित उपाधि जितेका हुन् ।

उनले सन् २०२२ मा पहिलो पटक उपाधि जित्दा ३१ घन्टा १० मिनेट ५७ सेकेण्डको रेकर्ड बनाएका थिए ।

त्यसपछि उनले गत वर्ष भएको चौथो मञ्जुश्री ट्रेल रेसमा १०० माइलको रेस अर्जुनले २६ घण्टा ५० मिनेट १५ सेकेन्डमा पूरा गर्दै आफ्नै कीर्तिमान तोडेका थिए ।

अर्जुन कुलुङ मञ्जुश्री ट्रेल रेस
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय