+
+
Shares

नेकपा एसको समाजवादी अभियान सुरु

आगामी २२ वैशाखसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका संघ, संगठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २ गते १५:२२

२ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीले सुशासन, रोजगारीलगायत विषयकेन्द्रित देशव्यापी समाजवादी अभियान सुरु गरेको छ ।

आगामी २२ वैशाखसम्म सञ्चालन हुने अभियानमा विभिन्न क्षेत्रका संघ, संगठन तथा व्यक्तिहरूसँग वडा, गाउँ, प्रदेश र केन्द्रस्तरमा छलफल गरिने केन्द्रीय प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए ।

अभियानका क्रममा शिक्षा, स्वास्थ्य, पर्यटन तथा पूर्वाधारलगायत क्षेत्रमा विज्ञबाट सुझाव सङकलन गरिने छ । जनताका विकासका चाहना पूरा नभएका बेला उनीहरूका असन्तुष्टि सम्बोधन गर्न तथा देशको वर्तमान अवस्थाबारे उनीहरूलाई अवगत गराउन अभियान उपयोगी हुने विश्वास उनले व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?