+
+
Shares

अर्बिटआईएलटीएसको टोलीद्वारा ब्रिटिस काउन्सिल र क्याम्ब्रिज बिश्वबिद्यालयको भ्रमण

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २ गते १९:३६

लण्डन । ब्रिटिश काउन्सिल मुख्यालयको निमन्त्रणामा बेलायत भ्रमणमा रहेको अर्बिट आइएलटिएसको प्रतिनिधिमण्डलले स्ट्राटफार्ड लन्डनमा रहेको ब्रिटिश काउन्सिल मुख्यालय र क्याम्ब्रीज विश्वविद्यालय भ्रमण गरेको छ ।

भ्रमणदलमा रहेका अर्बिटका १३ जना व्यवसायिक साझेदारहरुलाई क्याम्ब्रीज विश्वविद्यालयको आइएलटिएस विभाग (अनुसन्धान तथा प्रमाणिकरण विभाग) का प्राचार्य डा. एन्ड्रयू ब्ल्याकहर्स्टले स्वागत तथा प्रस्तुतिकरण दिएका थिए । उनले अन्तर्राष्ट्रिय अंग्रेजी परीक्षाको विषयमा प्रश्न कसरी विकास गरिन्छ र क्याम्ब्रीज विश्वविद्यालयले अंग्रेजी परीक्षालाई कसरी मर्यादित र व्यवस्थित बनाउँछ भन्नेबारे विशेष प्रस्तुति दिए ।

प्राचार्य ब्ल्याकहर्स्टले आइएलटिएस परीक्षा प्रणालीमा जुनसुकै देशबाट भएपनि ब्रिटिश काउन्सिल र आइडिपी दुबैबाट आउने नतिजाको मापन एउटै हुने प्रष्ट पारे ।

सो क्रममा अर्बिटका अध्यक्ष सुनिल रेग्मीले विशेषगरि नेपालको आइएलटिएस स्पीकिङ प्रणालीमा देखिएको भिन्नता र हल्लाको विषयमा ध्यानाकर्षण गराएका थिए ।

साथै आइएलटिएस परीक्षा दिँदा चुहिने डेटा चोरी र त्यसको पहुँच कन्सल्टेन्सीसम्म पुग्ने कुराबारे पनि विशेष ध्यानाकर्षण गराए ।

ब्रिटिश काउन्सिल मुख्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध विभागका प्रमुख बेन वेकफोर्डले सत्यतथ्य छानबिन गर्न आइएलटिएस क्याम्ब्रीजका प्रमुख साझेदारबीच छलफल चलाइने भएको छ ।

आइएलटिएसको विश्व व्यापारको प्रमुख हिस्सा ओगटेको ब्रिटिश कमाण्डको नेपालका प्रमुख व्यवसायिक साझेदार सुनिल रेग्मीले ब्रिटिश काउन्सिल मुख्यालयका प्रमुख पदाधिकारीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?