२ चैत, काठमाडौं । अल्ट्रा धावक निर्मला राईले आफ्नै समय सुधार गर्दै नयाँ कीर्तिमानका साथ पाँचाै मन्जुश्री ट्रेल रेसको १०० माइल महिला तर्फको उपाधि जितेकी छन् ।
उनले १०० माईल रेस ३३ घण्टा २९ मिनेट ५० सेकेण्डमा पूरा गर्दै चाैथो संस्करणमा आफैँले राखेको कीर्तिमान तोडेकी हुन् ।
गत वर्ष उनले ३४ घन्टा ५४ मिनेट ३० सकेन्डमा पूरा गर्दै च्याम्पियन बनेकी थिइन् । उनी १०० माइलको रेस पूरा गर्ने पहिलो महिला धावक पनि बनेकी छन् ।
यश पटक पनि पुरुषतर्फ १०० माईलको उपाधि अर्जुन कुलुङ राईले जितिसकेका छन् ।
प्रतिक्रिया 4