+

फुटबलर आशिष राईका लागि सहयोग रकम संकलन

२०८१ चैत  २ गते २०:०७ २०८१ चैत २ गते २०:०७
फुटबलर आशिष राईका लागि सहयोग रकम संकलन

२ चैत, काठमाडौं । चिनियाँ नयाँ वर्षको अवसरमा नेपाल र चीनबीचको प्रदर्शनी खेलको क्रममा खुट्टा भाँचिएका फुटबलर आशिष राईको सहयोगमा कुल ३ लाख १५ हजार रकम संकलन गरिएको छ।

रोयल नेपाल एफसी, फोर्थवर्थ राइजिङस्टार, राहुल भट्टराई, डीएफडब्ल्यू, हिमालय एफसी, आशिष भट्टराई र टोली, युलेस रोयल एफसी र अभियानलाई समर्थन गर्ने विभिन्न संस्था, क्लब र व्यक्तिहरूको योगदानका फल स्वरूप यो पहल सम्भव भएको हो।

शनिबार सातदोवाटो स्थित एन्फा कम्प्लेक्समा पुरुष राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले उक्त रकम राईलाई हस्तान्तण गरेका छन्।

प्रलय राज भण्डारीको नेतृत्वमा सुरु भएको अभियान मा चेम्जोङले थप रु १५,००० बराबर को आवश्यक सामाग्री प्रदान गरे।

चेम्जोङसहित अन्यले आशिषलाई शीघ्र स्वास्थ्यलाभ र अझ बलियो पुनरागमनको शुभकामना समेत दिएका छन् ।

आशिष राई
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय