+
+
Shares

नागार्जुनमा भीषण आगलागी, उपत्यकाका सबै दमकल परिचालन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २ गते २३:४१

२ चैत, काठमाडौं । काठमाडौंको नागार्जुन नगरपालिका-७ गाैतम गाउँकाे एक घरमा भीषण आगलागी भएकाे छ ।

स्थानीय कृष्णहरि श्रेष्ठको भुइँतले कच्ची घरमा राति ९ बजे लागेको आगाे नियन्त्रण गर्न काठमाडौं र ललितपुर महानगरपालिका तथा सशस्त्र प्रहरीकाे दमकल झिकाइएकाे छ ।

बाटाे साँघुराे भएका कारण ठूलाे दमकल प्रवेश गर्न नसकेपछि ललितपुर महानगरका दुइटा दमकलले आगाे निभाउन प्रयाेग गरिएकाे छ । ठूलाे दमकल नछिर्दा पानी ट्यांकर पनि प्रयोग गरिएको छ ।

आगलागीबाट मानवीय क्षति नभए पनि अन्न लगायत मालसामान जलेर नष्ट भएकाे छ । आगलागी नियन्त्रणमा लिने प्रयास जारी छ ।

आगलागीकाे कारण खुल्न सकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?