+
+
Shares

सीएनआईको ‘महिला नेतृत्व सम्मेलन’ आज, प्रधानमन्त्रीले उदघाटन गर्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते ६:४५

३ चैत, काठमाडौं । नेपाल उद्योग परिसंघ (सीएनआई) ले अन्तर्राष्ट्रियस्तरको दोस्रो ‘महिला नेतृत्व सम्मेलन’ आज आयोजना गर्दैछ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा सीएनआईको ‘उमन लिडरसिप फोरमले’ सम्मेलन आयोजना गरेको हो ।

सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान नौ बजे होटल सोल्टीमा गर्ने छन् ।

सम्मेलनमा ‘टेक्नोलोजी एन्ड इनोभेसन’, ‘उमन इन सस्टेनेबल एग्रिकल्चर’, ‘इन्भेस्टिङ इन उमन’, ‘बियोन्ड बाउन्ड्रिज’ विषयमा सत्रगत रूपमा छलफल हुनेछ ।

सीएनआई अध्यक्ष राजेशकुमार अग्रवालका अनुसार यो सम्मेलन वर्तमान एवं सफल उदाहरणहरूमा केन्द्रित हुनेछ, जसले महिलालाई प्रेरित गर्ने छ । सम्मेलनले परिवर्तन प्रेरित महिला नेतृत्व, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एउटै थलोमा ल्याउने र नेपाल सरकार, सरोकारवाला निकायहरूले लिनुपर्ने नीतिगत विषयमा छलफल हुने उनले बताए ।

सम्मेलनमा राजनीति, आर्थिक, सामाजिक, स्वास्थ्य, वातावरण लगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्यातिप्राप्त महिला सहित करिब ५ सय जनाको सहभागिता हुने सीएनआई महिला नेतृत्व फोरम सभापति छाया शर्माले बताइन् ।

सीएनआईका वरिष्ठ उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले यस्ता सम्मेलनले महिलालाई अगाडि बढाउन सहयोग पुग्ने बताए ।

सम्मेलनमा ‘मेक इन नेपाल’ स्वदेशी वस्तुहरूको प्रदर्शनी समेत गरिने सीएनआईले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?