+
+
Shares

आज सुनचाँदीको मूल्य कति ? 

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते ११:१४

३ चैत, काठमाडौं । साताको पहिलो कारोबारको दिन आइतबार सुनको मूल्य घटेको छ । यसअघि शुक्रबार रेकर्ड मूल्य कायम गरेको सुन आइतबार ४०० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा एक लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

शुक्रबार छापावाल सुनको मूल्य तोलामा एक लाख ७४ हजार ५०० रुपैयाँ पुगेको थियो । जुन मूल्य इतिहासकै उच्च हो ।

यस्तै, आइतबार चाँदीको मूल्यमा पनि गिरावट आएको छ । शुक्रबार तोलाको दुई हजार ५० रुपैयाँमा कारोबार भएको चाँदी आज आइतबार तोलामा ५ रुपैयाँले घटेर दुई हजार ४५ रुपैयाँ कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?