३ चैत, काठमाडौं । गौतम केसीले किफायती बलिङ गर्दै चार विकेट लिएपछि प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बागमती प्रदेशविरूद्ध सामान्य योगफल खडा गरेको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनी ३२.४ ओभरमा ११५ रनमा अलआउट भएको हो । आकाश त्रिपाठीले सर्वाधिक ३३ रन बनाए । मनिष थापा र कप्तान देव खनालले समान १५ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाएनन् ।
बागमतीका लागि गौतम केसीले ५.४ ओभरमा २१ रन दिएर ४ विकेट लिए। सुर्य तामाङ र इशान पाण्डेले २-२ तथा रिजन ढकाल र सोनु देवकोटाले १-१ विकेट लिए ।
लुम्बिनीले हालसम्म ३ खेल खेल्दा २ जित निकालेको छ भने बागमतीले ३ खेलमा १ जित मात्र निकालेको छ ।
प्रतिक्रिया 4