मधुमेह भएका व्यक्तिहरू यसबाट बच्न मात्र एउटै उपाय छ भन्ने ठान्छन् । त्यो हो, चिनी सेवन च्वाट्टै छाड्ने । उनीहरू मन हुँदाहुँदै पनि सकेसम्म गुलियो खानेकुराबाट टाढै बस्छन् ।
कतिपय त उमेर बित्दै गएपछि पनि मधुमेह लाग्छ भनेर पहिल्यैबाट चिनी र गुलियो खानेकुराबाट टाढै बस्छन्।
के वास्तवमै चिनी वा चिनीजन्य खानेकुरा नखाँदा मधुमेह नियन्त्रणमा रहन्छ ? के चिनीजन्य खानेकुरा छाड्दा मधुमेहबाट जोगिन्छ ?
वास्तवमा चिनीजन्य खानेकुरा र मधुमेहबीच प्रत्यक्ष सम्बन्ध छैन । चिनीजन्य खानेकुराले मधुमेह नियन्त्रण गर्न सक्दैन। बरु, धेरै मात्रामा चिनी खानु भने मधुमेहको जोखिम बढाउने कारक हुनसक्छ।
टाइप १ मधुमेह स्वप्रतिरक्षा (अटोइम्युन) रोग हो, जसमा शरीरले इन्सुलिन उत्पादन गर्न बन्द गर्छ। यसमा चिनीजन्य खानेकुराको प्रत्यक्ष भूमिका हुँदैन।
टाइप २ मधुमेह जीवनशैली र खानपानसँग बढी सम्बन्धित हुन्छ। जब शरीरले इन्सुलिनलाई प्रभावकारी रूपमा प्रयोग गर्न सक्दैन, तब रगतमा ग्लुकोजको मात्रा बढ्छ।
चिनीमा कार्बोहाइड्रेटको मात्र बढी हुन्छ । जसकारण चिनी बढी खाँदा प्रशोधित कार्बोहाइड्रेटयुक्त पनि खाइने हुँदा शरीरमा बोसोको मात्रा अनावश्यक बढ्छ । अनावश्यक रुपमा बोसो बढेर वजन बढ्दै गएमा त्यो व्यक्ति मधुमेहको जोखिममा पर्नसक्छ । त्यसैले चिनी वा चिनीबाट बनेका परिकार धेरै मात्रामा नखानु राम्रो हुन्छ ।
यदि उनीहरूले समग्र अन्य कुरामा पनि ध्यान दिइने हो भने चिनीको मात्रा कम गरेमा मधुमेह भएका व्यक्तिहरूका लागि हानिकारक नहुनसक्छ ।
चिनीजन्य खानेकुरा छाड्दा के मधुमेहबाट जोगिन सकिन्छ?
एउटा जमात यस्तो पनि छ, जो मधुमेहबाट जोगिनकै लागि चिनी खाँदैनन् । यदि यस्तो अभ्यास मधुमेहबाट बच्नकै लागि हो भने यो गलत हो ।
किनकी मधुमेहलअत्याधिक कार्बोहाइड्रेट, चिल्लोपन भएको खानेकुरा बढी खानु, निष्क्रिय जीवनशैली अपनाउनुको उपज हो ।
चिनीजन्य खानेकुरा कम गर्दा ग्लुकोज नियन्त्रणमा राख्न मद्दत हुनसक्छ, तर केवल चिनी मात्र छाड्नु पर्याप्त छैन। शरीरलाई चिनी त आवश्यक नै पर्छ, तर सही स्रोतबाट।
प्राकृतिक रूपमा पाइने चिनी शरीरका लागि हानिकारक हुँदैन, तर अत्यधिक प्रशोधित चिनी (सोडा, पेस्ट्री, केक, गुलिया पेय पदार्थ) भने इन्सुलिन प्रतिरोध बढाउने कारण बन्न सक्छन्।
यदि कुनै व्यक्तिले चिनीजन्य खानेकुरा पूर्णरूपमा छोडे पनि प्रशोधित कार्बोहाइड्रेट, फास्ट फुड तथा चिल्लो खानेकुरा बढी खान्छ भने उसलाई मधुमेह लाग्ने सम्भावना रहन्छ। त्यसैले चिनी मात्र होइन सम्पूर्ण आहारमा ध्यान दिन आवश्यक छ।
मधुमेहबाट जोगिनका के गर्ने?
-प्रशोधित चिनी कम गर्ने, तर प्राकृतिक चिनी (फलफूल, मह) सन्तुलित रूपमा खाने।
– दैनिक कम्तिमा ३० मिनेट शारीरिक गतिविधि (हिँडाइ, दौड, योगा) गर्ने।
– मांसपेशी बलियो बनाउने व्यायाम गर्ने, जसले शरीरमा इन्सुलिनको प्रभावकारिता बढाउँछ।
– अन्न (ब्राउन राइस, ओट्स, होल ग्रेन) खाने।
– फाइबरयुक्त खाना (हरियो सागसब्जी, गेडागुडी) को मात्रा बढाउने।
– प्रशोधित तथा चिल्लोयुक्त खाना कम गर्ने।
प्रतिक्रिया 4