३ चैत, काठमाडौं । कर्णाली प्रदेशले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा एपीएफ क्लबलाई मध्यम लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १८९ रन बनाएर १९० रनको लक्ष्य दिएको हो । कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए ।
दिनेश अधिकारीले ३३ रन जोड्दा दिपेन्द्र रावत ३० रनमा अविजित रहे । प्रकाश जैसीले २० तथा दिवान पुनले १२ र अर्जुन घर्तीले १० रन बनाए ।
एपीएफका अभिषेक गौतमले १० ओभरमा ३३ रन दिएर ४ विकेट लिए । कमलसिंह ऐरीले २ तथा कप्तान रोहित पौडेल, किशोर महतो, भुवन कार्की र दिपक बोहराले १-१ विकेट लिए ।
प्रतिक्रिया 4