+
+
Shares

त्रिविमा ४ विद्यार्थी संगठनले मागे निर्वाचन समितिका संयोजकको राजीनामा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १२:०७

३ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालय किर्तीपुरमा स्ववियु निर्वाचन समितिका संयोजक प्रा.डा.कृष्णप्रसाद न्यौपानेको चार विद्यार्थी संगठनले राजीनामा मागेका छन् ।

निर्वाचन समिति पूर्वाग्रही देखिएको विद्यार्थी संगठनले आरोप लगाएका छन् । नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन र नयाँ शक्ति विद्यार्थी युनियनले विज्ञप्ति निकालेर निर्वाचन समितिका संयोजकको राजीनामा मागेका हुन् ।

निर्वाचन समितिका संयोजक न्यौपानेले उम्मेदवार मनोनयमा अवरोध, प्रशासनिक चलखेल, अन्यायपूर्ण हस्तक्षेप गरेको विद्यार्थी संगठनले आरोप लगाएका छन् । त्रिविस्थित निर्वाचन कार्यालयमा विद्यार्थी संगठनले तालाबन्दी जारी राखेकाले ५ चैतमा हुने स्ववियु निर्वाचन अन्योलमा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?