+
+
Shares

प्रचण्डको तस्वीर जलाउने राप्रपाका युवा नेता पक्राउ

प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम पक्राउ परेका छन् । उनले मकवानपुरमा प्रचण्डको तस्वीर जलाएका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १३:००

३ चैत, काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने एकजना युवा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको युवा संगठनका नेता निराजन बम छन् ।  कालीकोट घर भएका बम राप्रपा युवा संघको महासचिव हुन् । उनलाई चितवनको भरतपुर विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं आउने तयारी गरेका बेला उनलाई पक्राउ गरिएको गृहमन्त्री रमेश लेखकको सचिवालयले जनाएको छ ।

शनिबार मकवानपुरको हेटौंडामा भएको एक कार्यक्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए । राप्रपाको युवा संगठनको मकवानपुर जिल्ला अधिवेशनका क्रममा उनले प्रचण्डको तस्वीर जलाएका थिए ।

तपाईहरुले यो मान्छेलाई त चिन्नु हुन्छ होला नि भन्दै उनको तस्बिरमा आगो लगाएका थिए । कार्यक्रममा गणतन्त्र मुर्दावाद भन्दै नारा समेत लगाइएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?