
ह्वाट्सएप एक लोकप्रिय मेसेजिङ प्लाटफर्म हो । विश्वमा तीन अर्बभन्दा धेरै मानिसले ह्वाट्सएप चलाउँछन् । एउटै ह्वाट्सएप अकाउन्टमा चलाउन सकिन्छ । तर, यदि ह्वाट्सएपको त्यही मल्टी डिभाइस फिचरको प्रयोगमा होसियारी अपनाइएन भने तपाईंको ह्वाट्सएप अकाउन्ट अरु व्यक्तिको कब्जामा पर्नसक्छ । अनि तपाईंका च्याट, मेसेज डकुमेन्टलगायतका जानकारीहरू लिक हुन सक्छन् ।
यदि तपाईं कुनै साइबर क्याफे वा अफिसको कम्प्युटरमा आफ्नो ह्वाट्सएप प्रयोग गर्नुहुन्छ भने तपाईंले निकै सावधानी अपनाउनु आवश्यक हुन्छ । कहिलेकाहीँ हामीले आफ्नो बाहेक अन्य कम्प्युटरमा पनि ह्वाट्सएप अकाउन्ट लगइन गर्छौं र त्यसलाई लगआउट गर्न बिर्सिन्छौं । यस्तो अवस्थामा आफ्नो ह्वाट्सएप अकाउन्ट अरुको हातमा पर्न नदिन र सबै ठाउँमा खुल्ला भएको आफ्नो ह्वाट्सएप अकाउन्ट लगआउट गर्नका लागि ह्वाट्सएपको एउटा फिचर निकै उपयोगी हुन्छ ।
वास्तवमा ह्वाट्सएपमा Linked Devices नामक एक फिचर रहेको हुन्छ । यसमा तपाईंले आफ्नो ह्वाट्सएप अकाउन्ट कुन कुन डिभाइसमा चलिरहेको छ भन्ने हेर्न सक्नुहुन्छ । साथै आफ्नो ह्वाट्सएप अकाउन्ट लगइन भएका डिभाइसको लोकेसन पनि थाहा पाउन सक्नुहुन्छ ।
त्यसैले यदि तपाईंको ह्वाट्सएप कुनै यस्तो डिभाइसमा खुल्ला छ, जुन तपाईंको होइन वा तपाईंले प्रयोग गर्नुहुन्न भने त्यसबाट अकाउन्ट लगआउट गर्नु आफ्नो ह्वाट्सएपलाई सुरक्षित राख्ने सबैभन्दा उपयुक्त काइदा हो । यसका लागि सबैभन्दा पहिले ह्वाट्सएप खोल्नुहोस् र दायाँतर्फ माथि रहेको तीनवटा थोप्लावाला आइकनमा ट्याप गर्नुहोस्। त्यसपछि Linked Devices मा क्लिक गर्नुहोस् । त्यहाँ तपाईंले आफ्नो अकाउन्ट कहाँ-कहाँ र कुन कुन डिभाइसमा लगइन भएको छ देख्न सक्नुहुन्छ ।
यदि तपाईंको अकाउन्ट कुनै अज्ञात वा आफ्नो बाहेको डिभाइसमा लगइन भएको छ भने त्यो डिभाइसको नाममा गएर Log Out अप्सनमा ट्याप गर्नुहोस् ।
प्रतिक्रिया 4