+
+
Shares

उत्तर म्यासेडोनियाको नाइट क्लबमा आगलागी, ५१ जनाको मृत्यु, १०० बढी घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १५:१०

३ चैत, काठमाडौं । उत्तर म्यासेडोनियाको एक नाइट क्लबमा आइतबार बिहानै भीषण आगलागी भएको छ। त्यहाँको गृह मन्त्रालयका अनुसार घटनामा कम्तीमा ५१ जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्।

बीबीसीका अनुसार यो आगलागी देशको पूर्वी भागमा पर्ने कोकानी शहरको ‘पल्स क्लब’ मा भएको थियो। उक्त स्थान म्यासेडोनियाको राजधानी स्कोप्जेबाट करिब १०० किलोमिटर टाढा पर्छ।

सामाजिक सञ्जालमा पोस्ट गरिएका तस्बिरहरूमा एक भवन आगो र धुवाँको मुस्लोले घेरिएको देख्न सकिन्छ।

हालसम्म प्राप्त जानकारीअनुसार, आगलागी आइतबार बिहान करिब ३ बजे सुरु भएको थियो। यो घटना ‘ब्यान्ड एडीएन’ को प्रस्तुति भइरहेको बेला भएको बताइन्छ।

धेरै घण्टासम्म भवनबाट आगोको ज्वाला उडिरहेको थियो।

उक्त कार्यक्रममा करिब १,५०० व्यक्ति सहभागी थिए।

स्थानीय मिडियाका अनुसार आगलागीको कारण सम्भवतः आतिशबाजीका उपकरणहरू हुन सक्ने अनुमान गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?