+
+
Shares

नेपाल लाइफ इन्स्योरेन्स सञ्चालकमा ३ जना निर्वाचित

एनएलआईसी सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १५:३३

३ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) मा ३ जना सञ्चालक निर्वाचित भएका छन् ।

कम्पनीको २५औं वार्षिक साधारणसभाको निर्णय अनुसार स्थगित रहेको सर्वसाधारण सेयरधनी सञ्चालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २ चैतमा वीरगञ्जको होटल भिष्वामा भएको थियो ।

जसअनुसार सञ्चालकमा विमलप्रसाद ढकाल, कृष्णराज लामिछाने र शर्मिला श्रेष्ठ महर्जन निर्वाचित भएका छन् ।

निर्वाचित तीनैजना सञ्चालकले कम्पनीका अध्यक्ष गोविन्दलाल संघईबाट सपथ ग्रहण गरी पद बहाली गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?