
३ चैत, काठमाडौं । स्ववियु निर्वाचनलाई लक्षित गर्दै नेपाल विद्यार्थी संघ(नेविसं)ले स्वास्थ्य सहायता समिति बनाएको छ ।
केन्द्रीय सदस्य सुमित बोहराको संयोजकत्वमा ७७ वटै जिल्लामा प्रतिनिधि रहने गरी नेविसंले विद्यार्थी स्वास्थ्य सहायता समिति बनाएको हो ।
समितिमा चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरू रहेको संयोजक बोहोराले जानकारी दिए ।
बोहोराका अनुसार यसले मंगलबार हुने स्ववियु निर्वाचनका बेला मतदाता विद्यार्थी तथा त्यसमा खटिने जो कसैलाई स्वास्थ्य समस्या परेको खण्डमा सहायता प्रदान गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4