+

पीएम कप : दिपक बोहराको अर्धशतकमा एपीएफको तेस्रो जित

२०८१ चैत  ३ गते १६:०३ २०८१ चैत ३ गते १६:०३
पीएम कप : दिपक बोहराको अर्धशतकमा एपीएफको तेस्रो जित

३ चैत, काठमाडौं । दिपक बोहराको अर्धशतकमा एपीएफ क्लबले प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा तेस्रो जित निकालेको छ । आइतबार सिदार्थ क्रिकेट रंगशालामा भएको खेलमा एपीएफले कर्णाली प्रदेशलाई ५ विकेटले हराएको हो ।

कर्णालीले दिएको १९० रनको लक्ष्य एपीएफले ३९.२ ओभरमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । एपीएफको जितमा दिपक बोहराले अविजित अर्धशतक बनाए । उनी ७० रनमा अविजित रहे । सुमित महर्जन ३४ रनमा अविजित रहे ।

आसिफ शेखले २५ तथा लोकेश बम र कप्तान रोहित पौडेलले समान २२ रन बनाए । कर्णालीका दिपेन्द्र रावत र दिवान पुनले २-२ विकेट लिँदा प्रकाश जैसीले १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले ४७ ओभरमा अलआउट हुँदै १८९ रन बनाएर १९० रनको लक्ष्य दिएको थियो । कर्णालीका लागि सुनिल धमलाले सर्वाधिक ४७ रन बनाए ।

दिनेश अधिकारीले ३३ रन जोड्दा दिपेन्द्र रावत ३‍० रनमा अविजित रहे । प्रकाश जैसीले २० तथा दिवान पुनले १२ र अर्जुन घर्तीले १० रन बनाए ।

एपीएफका अभिषेक गौतमले १० ओभरमा ३३ रन दिएर ४ विकेट लिए । कमलसिंह ऐरीले २ तथा कप्तान रोहित पौडेल, किशोर महतो, भुवन कार्की र दिपक बोहराले १-१ विकेट लिए ।

जारी प्रतियोगितामा एपीएफले चार खेलमा तेस्रो जित निकालेको छ । कर्णाले पनि समान खेल खेल्दा एक जित मात्र निकालेको छ ।

पीएम कप क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय