+

युगाण्डामा भएको वुमन्स डे कपमा नेपाल चौथो

२०८१ चैत  ३ गते १६:३८ २०८१ चैत ३ गते १६:३८
युगाण्डामा भएको वुमन्स डे कपमा नेपाल चौथो

३ चैत, काठमाडौं । युगाण्डामा जारी चार देश सम्मिलित वुमन्स डे कपमा नेपाल चौथो स्थानमा सीमित भएको छ । आइतबारका लागि तय भएको तेस्रो स्थानको खेल वर्षाका कारण रद्द भएपछि नेपाल अंकतालिकाका आधारमा चौथोमै सीमित भएको हो ।

समूह चरणका ६ खेलमध्ये २ खेल मात्र जितेको नेपालको ४ अंक थियो । तेस्रो स्थानमा रहेको हङकङको ६ अंक थियो । यी दुई टोलीबीच तेस्रो स्थानका लागि छुट्टै अर्को खेल हुने तालिका थियो तर वर्षाका कारण खेल रद्द भएको हो ।

नेपालले डबल राउण्ड रोबिनका आधारमा खेलिएको समूह चरणमा युगाण्डा र हङकङलाई एक-एकपटक हराएको थियो भने त्यही टोलीसँग पराजित हुँदा नामिबयासँग २ पटक नै पराजित भएको थियो ।

यस वुमन्स डे कपको उपाधिका लागि घरेलु टोली युगाण्डा र नामिबियाबीच अहिले खेल भइरहेको छ । समूह चरणमा युगाण्डाले ६ खेलमा ८ अंक जोड्दा नामिबियाले ६ खेलमा ६ अंक जोड्दै दोस्रो भयो ।

नेपाली टोली यसअघि घरेलु मैदानमै भएको थाइल्याण्ड र नेदरल्याण्ड्ससँगको त्रिदेशीय शृंखलामा जितविहीन बनेको थियो । अब अप्रिलमा नेपाली टोली भुटानमा गएर खेल्ने तय छ ।

वुमन्स डे कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय