३ चैत, काठमाडौं । विश्वकप सेपाकताक्रो च्याम्पियनसिपमा सहभागी हुने खेलाडीहरुलाई बिदाई गरिएको छ । आइतबार राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले टोलीको बिदाई गरेका हुन् ।
सो क्रममा उनले खेलाडीहरूलाई आत्माविश्वसका साथ खेल्न शुभकामना दिए । भारतको बिहारमा यही चैत्र ७ देखि १२ गते (मार्च २०–२५) सम्म हुने च्यामिपयनसिपमा नेपालबाट सात जना महिला र पाँच जना पुरुष खेलाडी सहभागी हुने छन् ।
पुरुष खेलाडीहरूमा रोशन तामाङ, रविन भट्टराई, दिपेशजंग थापा, अनिल जर्गामगर र सनम पुर्जा पुन छन् । टिम कोच शिव बहादुर राना र म्यानेजर जितेन्द्र थापामगर छन् ।
यस्तै महिला खेलाडीहरूमा सुमित्रा डंगोल, चन्द्रा चौधरी, इनु चौधरी, उषा महर्जन, निरु थापामगर, नैना रानामगर र स्वस्तिका श्रेष्ठ छन् । टिम म्यानेजरमा श्याम बहादुर श्रेष्ठ र प्रशिक्षकमा सिता सुवेदी छन् ।
रेफ्रीमा सोममाया थापामगर र सूर्य बहादुर लिम्बु तथा टेक्निकल अफिसर नेशिर मास्के छन् ।
प्रतिक्रिया 4