+
+
Shares

राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको पहिलो महाधिवेशन चैत ८ र ९ मा हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १६:५९

३ चैत, काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघले पहिलो महाअधिवेशन चैत्र ८ र ९ गते गर्ने भएको छ ।

२०६३ सालमा गठन भएको संस्थाले १८ वर्षमा पहिलो महाअधिवेशन गर्न लागेको हो । आइतबार पत्रकार सम्मेलन गरेर प्रचार संयोजक माधव चौलागाईंले देशभरबाट एक हजार बढी प्रतिनिधि सहभागी हुने जानकारी गराए ।

केन्द्रीय कार्यालय सानेपामा हुने पहिलो महाधिवेशनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

महाधिवेशनमा नेपाल सरकारले गरेको वर्गीकरण अनुसारका १० प्रकारका अपाङ्गता भएका व्यक्तिहरू सहभागी हुने चौलागाईंले जानकारी गराए । विधान अनुसार लोकतान्त्रिक अपाङ्ग संघमा ५१ सदस्यीय केन्द्रीय समिति हुने व्यवस्था छ ।

३९ जना निर्वाचित र १२ जना मनोनित हुने विधानको व्यवस्था छ ।

महाधिवेशनका केन्द्रीय सदस्य मधु आचार्यको संयोजकत्वमा केन्द्रीय सदस्यद्वय मदनकृष्ण श्रेष्ठ र सरस्वती बजिमय सदस्य रहनेगरी ३ सदस्यीय निर्देशन समिति गठन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?