+
+
Shares

रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई हटाइयो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १७:५२

३ चैत, काठमाडौं । नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेशप्रसाद ढकाललाई हटाइएको छ ।

३ चैत (आज) सोसाइटीका महामन्त्री भूपतिलाल श्रेष्ठले पत्र लेखेर ढकाललाई अवकाश दिएका हुन् । गत मंसिरमा कार्यकाल सकिएका ढकालले पदको निरन्तरताको माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

२८ फागुनमा उनको पदावधि सकिएको अदालतले फैसला गरेको थियो । अदालतको फैसला अनुसार आइतबारबाट लागु हुने गरी ढकाललाई अवकाश दिइएको छ ।

नेरेसोको कर्मचारी सेवा नियमावलीमा कार्यकारी निर्देशकको तीन र निर्देशक वर्षे कार्यकाल हुने व्यवस्था छ । थप कार्यकालको माग सहितसहित ढकालल अदालत गएका थिए ।

ढकाललाई यस अघि नेरेसोका पूर्व अध्यक्ष डा. नेत्र तिम्सिनाले २०७८ मंसिरमा पनि अवकाश दिएका थिए ।

कार्यकारी निर्देशकको रुपमा ढकालको कार्यकाल २०७८ मंसिर सकिएको तत्कालीन अध्यक्ष तिम्सिनाले अवकाश पत्रमा लेखका छन् ।

कर्मचारी सेवा नियमावलीमा तीन वर्षे कार्यकाल भएपनि ढकालले छ वर्षभन्दा बढी अवधि पदीय जिम्मेवारीमा रहे ।

हेर्नुहोस् पत्र :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?