
३ चैत, काठमाडौं । मैतीदेवीमा रहेको हिराखुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम श्रेष्ठ भनिने सोमप्रसाद श्रेष्ठ पक्राउ परेका छन् ।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।
सहकारी ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए ।
चितवन घर भइ घट्टेकुलो बस्दै भएका ६३ वर्षीय श्रेष्ठ नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ ।
उनी १२ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दामा समेत फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4