+

एपीएफ महिला राष्ट्रिय कबड्डी च्याम्पियन (तस्वीरहरू)

२०८१ चैत  ३ गते १८:१२ २०८१ चैत ३ गते १८:१२
एपीएफ महिला राष्ट्रिय कबड्डी च्याम्पियन (तस्वीरहरू)

३ चैत, काठमाडौं । एपीएफ क्लबले २०औं महिला राष्ट्रिय कबड्डी प्रतियोगिताको उपाधि जितेको छ ।

त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा आइतबार भएको फाइनलमा विभागीय टोली नेपाली सेनालाई हराएर एपीएफ च्याम्पियन बनेको हो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलमा एपीएफले पुनरागमन गर्दै सेनालाई २८-२२ को अन्तरले हराएको हो ।

प्रतियोगितामा अर्को विभागीय टोली नेपाल प्रहरी र सुदूरपश्चिम प्रदेश तेश्रो भए ।

उपाधि विजेता एपीएफले २ लाख र उपविजेता नेपाली सेनाले १ लाख हात पारेको छ । यस्तै सेमिफाइनलिस्ट पुलिस र सुदूरले ५०-५० हजार पायो ।

प्रतियोगितामा नेपाल प्रहरीकी मानमति विष्ट उत्कृष्ट रेडर घोषित भइन् भने एपीएफकी जयन्ती बडू उत्कृष्ट डिफेन्डर चयन भइन् । दुवैले ४० इन्चको टीभी पुरस्कार पाए ।

अखिल नेपाल कबड्डी संघको आयोजनामा भएको तीनदिने प्रतियोगितामा ७ प्रदेश र ३ विभागीय गरी १० टिम सहभागी थिए ।

राष्ट्रिय महिला कबड्डी
लेखक
विकास श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय