+
+
Shares

नेपाल कमर्स क्याम्पसमा तीन संगठनले पाएनन् उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते १८:०९

३ चैत, काठमाडौं। नेपाल कमर्स क्याम्पस काठमाडौंको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा तीन संगठनले उम्मेदवार नै नपाएको पाइएको छ ।

निर्वाचन समितिका अनुसार चुनाव लड्ने भनेर १० वटा संगठनले संगठन दर्ता गरेका थिए । तर, चुनावी प्रतिस्प्रर्धामा सात वटा संगठनले मात्रै भाग लिएका हुन् । बाँकी तीन वटा संगठनले संगठन मात्रै दर्ता गराए ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), धमेन्द्र बास्तोला नेतृत्वको नेकपाले चुनाव लड्दैछन् ।

यसबाहेक नेपाली कांग्रेस विपी, अशोक राइ नेतृत्वको जनता समाजवादी पार्टी र प्राज्ञिक संगठनले समेत संगठन दर्ता गरेका थिए । यी तीन संगठनले चुनावमा उम्मेदवार भने उठाएनन् ।

विद्यार्थी नेताहरूका अनुसार उम्मेदवार नै नपाएका कराण तीन संगठनले संगठन दर्ता गरेर पनि चुनावमा भाग नलिएका हुन् ।

निर्वाचन समितिका अधिकारीहरू के कारणले उम्मेदवार उठाएनन् भन्ने आफूहरूको जानकारीमा नरहने बताउँछन ।

‘दश वटा संगठन दर्ता भएका थिए । चुनावमा सात संगठले भाग लिएका छन्’ निर्वाचन समितिका प्रवक्ता अजय कुमार खड्काले जानकारी दिए ।

खड्का अनुसार यो क्याम्पसमा कूल ६ हजार ६१७ जना मतदाता छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?