+

जापानिस फरवार्ड केन्टा हाराले बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने

२०८१ चैत  ३ गते २१:०५ २०८१ चैत ३ गते २१:०५
जापानिस फरवार्ड केन्टा हाराले बुटवल लुम्बिनीबाट एनएसएल खेल्ने

३ चैत, काठमाडौं । बुटवल लुम्बिनीले नेपाल सुपर लिग (एनएसएल) को तेस्रो संस्करणका लागि जापानिज फरवार्ड केन्ता हारालाई अनुबन्ध गरेको छ ।

बुटवल लुम्बिनीले आइतबार विज्ञप्ती जारी गर्दे हारालाई यही चैत १६ गतेदेखि हुने एनएसएलका लागि अनुबन्ध गरेको जनाएको छ ।

बुटवल लुम्बिनील अनुभन्ध गरेको हारा चौथो विदेशी खेलाडी हुन् । यसअघि क्लबले नाइजेरियन मिडफिल्डर इजेकेल ओजिदीझा तमारा, इंग्लिस डिफेण्डर नाथन माभिला र स्कटिस मिडफिल्डर फ्रांक रोसलाई अनुबन्ध गरिसकेको छ ।

विभिन्न देशको लिग खेलिसकेका हारा फरवार्ड लाइनमा उत्कृष्ट खेलाडी रहेको क्लबले जनाएको छ ।

२८ वर्षीय केन्ता हाराले जापान बाहेक हङकङ, इन्डोनेसिया, मलेसिया, बोस्निया एन्ड हर्जगोभिनिया र जर्मनीको लिगमा खेलिसकेका छन् । उनले पछिल्लो पटक इन्डोनेसियाको लिग टु क्लब पीएसकेसी सिमाही र पर्सिपा पाटीबाट खेलेका थिए ।

हङकङको साउथ चाइना ए मा रहँदा उनले २२ खेलमा १५ गोल गरेका थिए ।

राइट र लेफ्ट दुवै विंग र अट्याकिङ मिडफिल्डर भूमिकामा खेल्ने हाराले क्लब फुटबलमा ६५ खेलमा २० गोल गरेको बुटवल लुम्बिनीले जनाएको छ ।

हाराले बुटवल लुम्बिनीमा अनुबन्ध भएपछि उनी उत्साहित रहेको र क्लबलाई जिताउनका लागि प्रयास गर्ने बताएका छन् ।

उस्तै क्लबका म्यानेजर नविन चित्रकारले हाराको आगमनले टिम बलियो हुने बताए । साथै हाराको अनुभव र गोल गर्ने क्षमताले क्लको आक्रमण अझै बलियो बन्ने क्लबको विश्वास छ ।

बुटवल लुम्बिनीले यस पटक टिमको मार्की र प्रशिक्षक परिवर्तन गर्दै नयाँ टिम बनाएको छ । राष्ट्रिय टिमका मिडफिल्डर मनिष डाँगीलाई नयाँ मार्की नियुक्त गरेको बुटवल लुम्बिनीले भुटानी प्रशिक्षक पुष्पलाल शर्मालाई मुख्य प्रशिक्षक नियुक्त गरेको छ ।

यस्तै अघिल्लो सिजन मार्की र कप्तान रहेका मिडफिल्डर एरिक विष्टसहित डिफेण्डर सरोज तामाङ र फरवार्ड निराजन धामीलाई बुटवलले रिटेन गरेको थियो ।

एनएसएल केन्टा हारा बुटवल लुम्बिनी एफसी
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय