+

प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो, स्पर्सको फुलहामसँग हार

२०८१ चैत  ३ गते २१:२७ २०८१ चैत ३ गते २१:२७
प्रिमियर लिग : आर्सनलले चेल्सीलाई हरायो, स्पर्सको फुलहामसँग हार

३ चैत, काठमाडौं । मिकेल मेरिनोको एकमात्र गोलमा इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानको आर्सनलले चेल्सीमाथि जित हासिल गरेको छ ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलको जितमा २०औं मिनेटमा मेरिनोले गोल गर्दै अग्रता दिलाएका थिए । त्यसपछि थप गोल भएनन् ।

जितपछि दोस्रो स्थानको आर्सनलको २९ खेलमा ५८ अंक भएको छ । चेल्सी ४९अंकसहित चौथोमा छ ।

त्यस्तै अर्को खेलमा टोटनहामलाई फुलहामले २-० ले पराजित गर्‍यो । फुलहामको जितमा रोड्रिगो मुनिज र रायन सेसेनगनले १-१ गोल गरे ।

७८औं मिनेटमा मुनिजको गोलमा अग्रता लिएको फुलहामका लागि ८८औं मिनेटमा सेसनगनले गोल थप्दै २-० को जित पक्का गरे ।

जितपछि फुलहाम २९ खेलमा ४५ अंकसहित आठौं स्थानमा उक्लिएको छ । पराजित टोटनहाम ३४ अंकसहित १३औं स्थानमा छ ।

इंग्लिस प्रिमियर लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय