+
+
Shares

बीआरआईबारे विवाद हुनुपर्ने विषय नै होइन : खनाल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ३ गते २२:५५

३ चैत, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाभकारी परियोजना भएको बताएका छन् ।

काष्ठमाण्डप डायलगको समापनमा आयोजित पत्रकार सम्मेलनमा उनले बीआरआई परियोजनाबाट नेपालले धेरै किसिमबाट फाइदा लिन सकिने बताए । बीआरआई विश्वका १५० वटा देशले स्वीकार गरी फाइदा लिइरहेको बताउँदै उनल नेपालले बीआरआईमार्फत ऋण लिने कि अनुदान भन्ने विषयमा विवाद गर्न नहुने पनि बताए ।

‘हामीले बीआरआईलाई ठिक ढंगले बुझ्यौ भने ऋण कि अनुदान भन्ने प्रश्न नै छैन । हामीले बिआरआईको कन्सेप बुझेपछि विविध रुपमा सहयोग अगाडि बढाउन सक्छौँ । त्यसमा ग्राण्ड वा एकदमै सफ्ट लोन पनि हुन सक्छ । त्यसमा विभिन्न किसिमका व्यवसायिक ऋण पनि हुनसक्छ । त्यस्ता अनेक रुपबाट बीआरआईमार्फत कामहरू गर्न सक्छौँ,’ उनले भने ।

बीआरआईको धारणा बुझेपछि सस्तो ब्याजमा ऋण लिएर पनि काम गर्न सकिने उनको भनाइ थियो ।

देश विकासका लागि विदेश नीतिमा राष्ट्रिय सहमती गर्नुपर्नेमा खनालले जोड दिए ।

‘विदेश नीतिमा पनि राष्ट्रिय सहमतिको जरुरत पर्छ, तबमात्र देशलाई अगाडि बढाउनका लागि हामी राम्रो भुमिका खेल्न सक्छौँ । त्यस्तै बीआरआई नेपालले लिने कि नलिने यो ठूलो विवादको विषय बन्नुपर्ने विषय नै होइन,’ खनालले भने, ‘आजको विश्व परिपेक्षमा बिआरआई एउटा लाभकारी प्रोजेक्ट हो भन्ने प्रमाणि भइनै सकेको छ । हाम्रै निम्ति मात्रै होइन १५० बढी देशले त्यसलाई ग्रहण गरेर सिद्ध गरी सकेको अवस्था हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?