+

लिभरपुललाई हराउँदै न्युकासल इएफएल कप च्याम्पियन

२०८१ चैत  ४ गते ८:२५ २०८१ चैत ४ गते ८:२५
लिभरपुललाई हराउँदै न्युकासल इएफएल कप च्याम्पियन

४ चैत, काठमाडौं । न्युकासल युनाइटेडले इंग्लिस फुटबल लिग कपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा प्रिमियर लिग लिडर लिभरपुललाई २-१ ले हराउँदै न्युकासलले उपाधि जितेको हो ।

न्युकासलको जितमा डान बर्न र एलेक्जेन्डर इसाकले १-१ गोल गरे । लिभरपुलका लागि फेडेरिको चिसाले गरेको गोल सान्त्वना बन्यो ।

खेलको ४५औं मिनेटमा डान बर्नको गोलमार्फत अग्रता लिएपछि न्युकासल पहिलो हाफमा १-० ले अगाडि थियो । ५२औं मिनेटमा इसाकले गोल गर्दै अग्रता दोब्बर पारे ।

खेलको इन्जुरी समयमा चिसाले गोल गरेपनि लिभरपुलका लागि पर्याप्त हुन सकेन ।

न्युकासलले सन् १९६९ पछि पहिलोपटक कुनै उपाधि जितेको हो । त्यसअघि सन् १९५५ मा एफए कप जितेको थियो ।

योसँगै क्लबले युरोपा कन्फेरेन्स लिगमा पनि स्थान बनाएको छ ।

इएफएल कप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय