+
+
Shares

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दै राष्ट्रिय सभा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते ११:३३
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल । फाइल फोटो

४ चैत, काठमाडौं । राष्ट्रिय सभाले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गर्दैछ ।

राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्दैछ । उक्त बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले तिलगंगा नेत्र विश्वविद्यालय विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

सोमबार नै सभामा बैंकिङ कसुर तथा सजाय विधेयक सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसूची छ ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकलाई दफावार छलफल गर्न विधायन व्यवस्थापन विधेयकमा पठाउने विषय पनि कार्यसूचीमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?