+

१७औं धर्मश्री शारीरिक सुगठनको तयारी पूरा, ६०० बढी सहभागि हुने

२०८१ चैत  ४ गते १२:०७ २०८१ चैत ४ गते १२:०७
१७औं धर्मश्री शारीरिक सुगठनको तयारी पूरा, ६०० बढी सहभागि हुने

४ चैत, काठमाडौं । यही चैत ७ देखि ९ गतेसम्म हुने १७औं धर्मश्री शारीरिक सुगठनको तयारी पूरा भएको आयोजक नेपाल व्यायाम मन्दिरको जनाएको छ । बयोजकले  सोमबार पत्रकार सम्मेलन गर्दै तयारी पूरा भएको जनाएको हो ।

१७औं धर्मश्री सँगै अन्य तीन विधा  कमलादीस्थित प्रज्ञा भवन कमलादीमा आयोजना हुँदै छ । चैतको ७ गते वेइङ, चैत ८ गते प्र-जिजङ तथा ९ गते अन्तिम चरणको प्रतिस्पर्धा हुने आयोजक नेपाल व्यायाम मन्दिरले जनाएको छ ।

१७औं धर्मश्रीसँगै प्रथम  पिएल सिंह मेन्ट स्पोर्ट्स फीिजिक्स १७० सेमी ओभर र अन्डर, प्रथम वुमन्स बडिबिल्डिङ र ५० वर्ष माथिका मास्टर खुल्ला राष्ट्रव्यापी शारीरिक सुगठन प्रतियोगिता २०८१ पनि आयोजना हुनेछ ।

नेपाल व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले धर्मश्री नेपाली बडिबिल्डिङकै कुम्भ मेला भएको र यसका लागि खेलाडीहरु तयारी गरिरहेको बताए ।

प्रतियोगिताको मुख्य विधा अर्थात पुरुष बडीबिल्डिङको रुपमा रहेको धर्मश्रीतर्फ ६०, ६५ , ७०, ७५, ८० र ८० वर्षमाथि गरी कूल ६ तौल समूहमा प्रतिस्पर्धा हुनेछ । त्यसपछि हरेक तौल समूहको विजेताबीच ओभरअलमा फेरि प्रतिस्पर्धा गराइनेछ र त्यसमा विजेता नै धर्मश्रीको विजेता हुनेछ ।

आयोजकले यस पटक नगद पुरस्कार राशीमा पनि वृद्धि गरेको छ । जसमा ओभरअल धर्मश्री विजेताले नगद १२ लाख प्राप्त गर्नेछन् । साथै विजेताले ११ केजीको ट्रफी पनि पाउनेछ । १६औं संस्करणभन्दा यो २ लाखले बढी हो । १६औं संस्करणमा उमेश राईले धर्मश्री उपाधि जितेका थिए ।

यस्तै यस पटक उपविजेताले ६ लाख तथा तेस्रोले ३ लाख पाउनेछन् । चौथोले २ लाख, पाँचौले १ लाख ८० हजार तथा छैटौंले १ लाख ५० हजार प्राप्त गर्नेछन् ।

यसैगरी प्रत्येक तौल समूहका उपविजेताले ५० हजार र तेस्रो हुनेले ४० हजार पाउनेछन् भने चौथोले ३० हजार, पाँचौले २० हजार र छैटौंले १५ हजार प्राप्त गर्नेछन् ।

त्यस्तै मेन्स एथ्लेटिक फिजिक्स ओभर र अन्डर तथा वुमन्स बडीबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख पाउनेछन् । तेस्रोले ७० हजार, चौथोले ५० हजार, पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गर्नेछन् ।

५० वर्षभन्दा माथिका खुल्ला मास्टर विजेताले नगद १ लाख पाउनेछन् भने दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार तथा छैटौंले १० हजार हात पार्नेछन् ।

यसपटक सबै विधाको शीर्ष ६ सम्म आउने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

मेन्स फिजिक्स प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर पिएल सिंहको नाममा पिएल सिंह मेन्स फिजिक्स प्रतियोगिता नाम राखिएको छ । १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ ।

मुख्य प्रायोजक बावत महानगपालिकाले ५० लाख उपलब्ध गराएको व्यायम मन्दिरका अध्यक्ष प्रधानले जानकारी दिए । नेपाली बडिबिल्डिङ इतिहासमै अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी रहेको धर्मश्रीलाई सरकारबाट भने धेरै सहयोग नभएको प्रधानको गुनासो थियो । ‘यस्तो प्रतियोगिता सरकारले गर्नुपर्ने हो तर हामी निजी स्तरबाट गरिरहेका छौँ । सरकारले नै बजेट छुट्याउनुपर्ने हो । स्थानिय तहबाट सहयोग गरिरहनुभाछ । उहाँहरुलाई धन्यवाद ।’

यसका लागि रातो किताबै बजेट राख्नुपर्छ भनेर राष्ट्रिय खेलकुदमा पत्र दिएपनि त्यसको कुनै सम्बोधन नभएको अध्यक्ष प्रधानले बताए ।

 

धर्मश्री शारीरिक सुगठन
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय