४ चैत, काठमाडौं । सन्दीप जोराले अर्धशतक बनाएपछि एपीएफ क्लबले जारी प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लबलाई सामान्य लक्ष्य दिएको छ ।
एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४२.३ ओभरमा अलआउट हुँदै १४१ रन बनायो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन बनाए ।
अमरसिंह राउटेला, भुवन कार्की र किशोर महतोले समान ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेलले ४ रन मात्र बनाउन सके ।
आर्मीका लागि आकाश चन्दले १० ओभरमा ३५ रन दिएर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । शाहब आलमले २ तथा बसिर अहमदले १ विकेट लिए ।
एपीएफले ४ खेल खेल्दा ३ जित निकालेको छ भने आर्मी हालसम्म अपराजित छ ।
प्रतिक्रिया 4