४ चैत, काठमाडौं । नेपाल सुपर लिग २०२५ का लागि झापा एफसीको आधिकारिक किट पार्टनर गणेशदीप निटवेयर प्रालि (जी-स्पोर्ट्स) रहने भएको छ। नेपाली खेलकुद सामग्रीको एक प्रतिष्ठित ब्रान्ड जी-स्पोर्ट्सले झापा एफसीका सम्पूर्ण खेलकुद पोशाक निर्माण गर्नेछ।
जी-स्पोर्ट्स नेपाली खेलाडीहरूको आवश्यकता अनुरूप उच्च गुणस्तरका खेलकुद पोशाक निर्माण गर्ने एक विश्वसनीय नेपाली ब्रान्ड हो। यसको प्रिमियम गुणस्तर र खेलाडीहरूलाई अधिकतम आराम प्रदान गर्ने डिजाइनले जी-स्पोर्ट्सलाई नेपाली खेल क्षेत्रको अगुवा बनाएको छ।
जी-स्पोर्ट्सले उत्कृष्ट गुणस्तर, आराम, र टिकाउपनलाई प्राथमिकता दिँदै खेलाडीहरूका लागि उपयुक्त पोशाक निर्माण गरिरहेको छ। यो साझेदारीले झापा एफसीलाई उत्कृष्ट किट उपलब्ध गराउनुका साथै नेपाली खेल सामग्री उद्योगको प्रवर्द्धनमा पनि योगदान दिने क्लबले विश्वास व्यक्त गरेको छ ।
झापा एफसी र जी-स्पोर्ट्स दुवै पक्षले यो सहकार्यले नेपाली फुटबलको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन्।
प्रतिक्रिया 4