
४ चैत, काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को ८ महिना (साउन–फागुन) अवधिमा ५ सय ८६ विदेशीले नेपालमा श्रम स्वीकृति लिएका छन् ।
श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका अनुसार फागुनमा मात्र ५५ विदेशीले यस्तो श्रम स्वीकृति लिएका छन् । नेपालमा श्रम स्वीकृति लिएर काम गर्नेमा धेरै चिनियाँ छन् । श्रम स्वीकृति लिनेमा बेलायत र अमेरिकाका समेत छन् ।
यस वर्ष ८ महिनामा १ हजार ८१ विदेशीको श्रम स्वीकृति नवीकरण भएको छ । फागुनमा मात्र १ सय १३ विदेशीको श्रम स्वीकृति नवीकरण गरिएको विभागले जनाएको छ ।
फागुनसम्म विभागले २६ प्रतिष्ठानमा अनुगमन गरेको छ । जसमा विदेशी श्रमिकले श्रम स्वीकृति लिए–नलिएको अनुगमन गरिएको समेत विभागले जनाएको छ । फागुनमा मात्र २ वटा अनुगमन गरिएको छ ।
प्रतिक्रिया 4