+
+
Shares

प्रधानमन्त्रीलाई गैह्रसरकारी संस्था महासंघको घोषणापत्र हस्तान्तरण

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १३:४७

४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैह्रसरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११ औं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासंघका अध्यक्ष अर्जुुनकुमार भट्टराईसहितको टोलीले घोषणापत्र हस्तान्तरण गरेको हो ।

घोषणापत्रमा सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्ने लगायत विषय समेटिएका छन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुुभकामना दिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

महासंघको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनबाट अर्जुुनकुमार भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?