+
+
Shares

उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्छ : सुवाल

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १४:०९

४ चैत, काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले उपभोक्ताका मुद्दा सरकारले सित्तैमा लड्नुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा बोल्दै सांसद सुवालले बिलबिना उपभोक्ता अदालतमा उजुरी दिन नपाइने भएको कारण अनिवार्य बिल दिनुपर्ने व्यवस्था गर्न समेत माग गरे ।

‘बिनाबिल उपभोत्ता अदालतमा उजुरी दिन नपाइने हुँदा अनिवार्य बिल लिने दिने व्यवस्थामा सरकारको पहल हुनु जरुरी छ । उपभोक्ताको मुद्दा सरकारले सित्तैमा लडिदिनु आवश्यक छ,’ उनले भने ।

मुलुकमा सन्तुलित विकास नहुँदा गाउँको बस्ती प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहको बताए । उनले जिल्लाभित्र मात्र बसाईंसराई गर्न पाउने कानून बनाउन जरुरी रहेको समेत बताए ।

‘गाउँगाउँमा सडक पुग्यो, हातहातमा मोबाइल तर सन्तुलित विकास नहुँदा गाउँका बस्ति प्रदेश र संघको राजधानीमा स्थानान्तरण भइरहेको छ । नेपालमा मोबाइल मर्मत हुने हुँदैन,’ उनले भने, ‘बसाईंसराई जिल्लाभित्र मात्र हुन पाउने कानुन बनाएर देशको सन्तुलित विकास गर्न र मोबाइल लगायत आईटी उपकरण नेपालमै निर्माण गर्नको लागि नयाँ पुस्तालाई शिक्षा प्रदान गर्नु जरुरी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?