
४ चैत, काठमाडौं । गत आर्थिक वर्षयता फागुन मसान्तसम्म वाणिज्य बैंकहरूको कर्जा प्रवाह ६.०६ प्रतिशत बढेको छ ।
नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्म बैंकहरूको कुल कर्जा ४८ खर्ब ५० अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । असार मसान्तसम्म यस्तो कर्जा ४५ खर्ब ७३ अर्ब १६ करोड थियो ।
फागुनमा वाणिज्य बैंकहरुले थप २२ अर्ब ७४ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् । माघ मसान्तसम्म बैंकहरुको कुल कर्जा ४८ खर्ब २७ अर्ब ८५ करोड थियो ।
चालु वर्ष सात महिनामा ग्लोबल आईएमई बैंकको कर्जा प्रवाह सबैभन्दा धेरै ३९ अर्ब रुपैयाँ बढेको छ । यहीं अवधिमा एनआईसी एसिया बैंकको कर्जा प्रवाह ३५ अर्ब रुपैयाँ घटेको छ ।
एनआईसी एसिया बाहेक प्रभु र स्टान्डर्ड चार्टर्ड बैंकको कर्जा प्रवाह सामान्य घटेको छ । अरु १७ बैंकको कर्जा प्रवाह बढेको छ ।
स्रोत – नेपाल बैंकर्स एसोसिएसन
प्रतिक्रिया 4