+
+
Shares

फलफूलको भाउ बजारमा कति छ ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते ११:४१

४ चैत, काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबारका लागि फलफूलको भाउ सार्वजनिक गरेको छ ।

समितिले स्याउ, केरा, अनार, अंगुर, मौसम, जुनार, नास्पाती, मेवा, खरबुजा, स्ट्रबेरी, किवी लगायत फलफूलको भाउ सार्वजनिक गरेको हो । समितिले दैनिक फलफूल तथा तरकारीको भाउ सार्वजनिक गर्ने गर्छ ।

सार्वजनिक मूल्य अनुसार आज सोमबार स्याउ (झोले) को मूल्य किलोको २ सय ४० रुपैयाँ छ । यस्तै, स्याउ (फुजी) प्रतिकिलो ३ सय २०, केरा दर्जनको १ सय ४५, अनार किलोको ३ सय २६, अंगुर (हरियो) प्रतिकिलो १ सय ९० र अंगुर (कालो) प्रतिकिलो २ सय ४० रुपैयाँ छ ।

यसैगरी सुन्तला (भारतीय) किलोको १ सय २१ रुपैयाँ ६७ पैसा, मौसम १ सय ९०, जुनार १ सय ४५, नासपाती (चिनियाँ) २ सय ४५, मेवा (नेपाली) ४५, मेवा (भारतीय) प्रतिकिलो १ सय ५ रुपैयाँ तोकिएको छ ।

कालीमाटी बजारमा खरबुजा किलोको ४५, स्ट्रबेरी (भुइँऐँसेलु) १ सय ९० र किवि किलोको ३ सय ७६ रुपैयाँ ६७ पैसामा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?