+
+
Shares

वाईसीएल कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १४:३८

४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालको केन्द्रको कार्यालयमा ताला लागेको छ ।

संगठनकै वरिष्ठ उपाध्यक्ष ज्ञानेन्द्र गुरुङ ‘कसम’ को नेतृत्वमा सोमबार केन्द्रीय कार्यालयमा अनिश्चितकालका लागि तालाबन्दी भएको हो ।

केन्द्रीय समितिको बैठक बसेको ६ दिनसम्म पनि निर्णयहरू सर्कुलर नभएको र राष्ट्रिय सम्मेलन प्रभावित पार्ने नियत देखिएको भन्दै वाईसीएल कार्यालयमा तालाबन्दी गरिएको गुरुङले जानकारी दिए ।

‘केन्द्रीय समितिको बैठकमा भएका निर्णयहरूलाई उल्लेख नगर्ने, नभएका निर्णय जबरजस्ती हाल्न खोज्ने, त्यसैका लागि बैठक बसेको ६ दिनसम्म पनि जारी नभएको अवस्था छ,’ उनले भने, ‘जानीजानी राष्ट्रिय सम्मेलनलाई प्रभाव पारेर सम्मेलन सार्ने नियत देखिएकोले यो सार्न पाइँदैन । निर्णय भएको कुरालाई लागू गरेर जानुपर्छ भन्ने मुख्य विषय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?