+

बी डिभिजन लिग : च्यासलमाथि प्लानिङ ब्वाइजको सानदार जित

२०८१ चैत  ४ गते १५:५० २०८१ चैत ४ गते १५:५०
बी डिभिजन लिग : च्यासलमाथि प्लानिङ ब्वाइजको सानदार जित

४ चैत, काठमाडौं । प्लानिङ ब्वाइज युनाइटेडले च्यासल युथ क्लबलाई ४-० ले पराजित गर्दै शहीद स्मारक बी डिभिजन लिगमा लगातार दोस्रो जित हात पारेको छ ।

लगातार दोस्रो जितपछि प्लानिङ ब्वाइज दुई खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लेको छ । पहिलो खेलमा प्लानिङ ब्वाइजले झापा फुटबल क्लबलाई २-१ ले पराजित गरेको थियो ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिवार भएको खेलमा प्लानिङ ब्वाइजलाई जित दिलाउन फागु राम थारुले दुई तथा सुजन डंगोल र अविनाश थापाले एक-एक गोल गरे ।

फागु रामले लिगमा ३ गोल गरिसकेका छन् भने सुजनको दोस्रो गोल हो । दुवैले यसअघि झापा विरुद्ध समान एक गोल गरेका थिए ।

खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएपनि दोस्रो हाफमा प्लानिङ ब्वाइजले चार गोल गरेको हो । सुजनले ५५औं मिनेटमा गोलको खाता खोलेका थिए । त्यसपछि फागुरामले ६०औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

अविनाशले ७७औं मिनेटमा गोल गरेपछि प्लानिङ ब्वाइजले ३-० को अग्रता बनायो । त्यसपछि फागुरामले ८३औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै प्लानिङ ब्वाइजलाई फराकिलो जित दिलाए ।

बी डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय