+

सिंगापुर र मलेसियाविरूद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा

२०८१ चैत  ४ गते १५:५५ २०८१ चैत ४ गते १५:५५
सिंगापुर र मलेसियाविरूद्ध खेल्ने राष्ट्रिय फुटबल टोली घोषणा

४ चैत, काठमाडौं । सिंगापुर विरुद्धको मैत्रीपूर्ण खेल र एएफसी एसियन कप छनोटअन्तर्गत मलेसियासँगको खेलका नेपाली राष्ट्रिय फुटबल टोली घोषणा भएको छ । मुख्य प्रशिक्षक म्याट रोसले सोमबार २३ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

नेपालले यही मार्च २१ मा सिंगापुरसँग मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि मार्च २५ मा मलेसियासँग उसैको मैदानमा एसियन कप छनोटको अन्तिम चरणको पहिलो खेल खेल्नेछ ।

म्याट रोस प्रशिक्षक बनेपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । उनले घोषणा गरेको पहिलो टोलीमा तीन नयाँ अनुहारले स्थान बनाएका छन् ।

जसमा गोलकिपर अन्जल श्रेष्ठ, डिफेण्डर सुमन श्रेष्ठ र फरवार्ड सुबास बम ठकुरी छन् । सुबास पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षणमा परेका हुन् र पहिलो पटकमै उनी अन्तिम टोलीमा पर्न सफल भए ।

गत कात्तिकमा ताजकिस्तान र अफगानिस्तान विरुद्धको खेलमा चोटका कारण टिममा नरहेका अनन्त तामाङ र लकेन लिम्बुले टिममा पुनरागमन गरेका छन् । यस्तै कृतिश रत्न छुन्जु र रेजिन सुब्बाले पनि टिममा पुनरागमन गरेका छन् ।

दोस्रो चरणको प्रशिक्षणमा रहेका २७ खेलाडीबाट प्रशिक्षक रोसले अन्तिम टिम घोषणा गरेका हुन् । गोलकिपर विशाल सुनारसहित मिडफिल्डर दिनेश हेन्जन तथा फरवार्डद्वय निराजन धामी र सृजन राज गौतम भने अन्तिम टोलीमा अटाएनन् ।

अन्तिम टोली

गोलकिपर : किरणकुमार लिम्बु, दीप कार्की, अन्जल श्रेष्ठ

डिफेन्डर : अनन्त तामाङ, विमल पाण्डे, सनिश श्रेष्ठ, रणदीप पौडेल, सुमित श्रेष्ठ, अभिषेक लिम्बु, सुमन श्रेष्ठ

मिडफिल्डर : रोहित चन्द, लकेन लिम्बू, रोहन कार्की, मणि लामा, भरत खवास, अरिक विष्ट, मनिष डाँगी, कृतिश रत्न छिन्जु, आयुष घलान

फरवार्ड : जिलेस्पी जंग कार्की, अन्जन विष्ट, सुवास ठकुरी बम, रेजिन सुब्बा

राष्ट्रिय फुटबल टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय