
४ चैत, काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारण जनतालाई भड्काउँदै हिँडेको टिप्पणी गरेका छन् ।
राष्ट्रिय सभाको सोमबारको बैठकलाई सम्बोधन गर्दै नेता सिटौलाले पूर्वराजा ज्ञानेन्द्रलाई राज्यले दिएको सम्मान ग्रहण गरेर बस्नु नै उचित हुने सुझाए ।
प्रधानमन्त्रीको प्रतिनिधिको रूपमा आफैंले ज्ञानेन्द्र शाहसँग वार्ता गरेर निवास र सुरक्षाको ग्यारेन्टी गरेको उनले सुनाए ।
तर अहिले आएर मै केही गर्छु भनेर गाडीमा उभिएर ताली खाँदै र ताली दिँदै हिँड्नु स्वभनीय विषय नभएको उनको भनाइ थियो ।
उनले भने, ‘राष्ट्रिय सभाबाट हामीले बाहिर पठाएका राजालाई पनि सम्मान दिएका छौं । त्यो सम्मानलाई उहाँले ग्रहण गर्नु उचित हुन्छ । होइन भनेदेखि जनता सामु उहाँले भन्न सक्नु पर्छ । म अब राजनीतिक खेलाडीको रूपमा मैदानमा आएँ भनेर ।’
नेता सिटौलाले परिवर्तन, संविधानको मूलभूत विषय पक्षधरका राजनीतिक दलहरूबीच एकताबद्ध भएर उभिनुपर्ने बेला आएको बताए ।
प्रतिक्रिया 4