+

पीएम कप : विभागीय डर्बीमा आर्मीले एपीएफलाई हरायो, सोमपालको अलराउण्ड प्रदर्शन

२०८१ चैत  ४ गते १६:४५ २०८१ चैत ४ गते १६:४५
पीएम कप :  विभागीय डर्बीमा आर्मीले एपीएफलाई हरायो, सोमपालको अलराउण्ड प्रदर्शन

४ चैत, काठमाडौं । त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप पुरूष राष्ट्रिय क्रिकेट प्रतियोगितामा अपराजित यात्रालाई कायमै राखेको छ । सोमबार एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा भएको खेलमा आर्मिले एपीएफलाई ३ विकेटले हरायो ।

एपीएफले दिएको १४२ रनको लक्ष्य आर्मीले ४२.५ ओभरमा ७ विकेटको क्षतिमा पूरा गर्‍यो । कुशल मल्लले अविजित ३१ रन बनाए भने बिबेक यादवले २६ रन बनाउँदा सोमपाल कामी २२ रनमा अविजित रहे ।

एपीएफका कप्तान रोहित पौडेल, कमलसिंह ऐरी र अमरसिंह राउटेलाले २-२ विकेट लिए । किशोर महतोले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले ४२.३ ओभरमा अलआउट हुँदै १४१ रन बनाएको थियो । एपीएफका लागि सन्दीप जोराले सर्वाधिक ६५ रन बनाए ।

अमरसिंह राउटेला, भुवन कार्की र किशोर महतोले समान ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । कप्तान रोहित पौडेलले ४ रन मात्र बनाउन सके ।

आर्मीका लागि आकाश चन्दले १० ओभरमा ३५ रन दिएर ४ विकेट लिए । सोमपाल कामीले १० ओभरमा ३४ रन दिएर ३ विकेट लिए । शाहब आलमले २ तथा बसिर अहमदले १ विकेट लिए ।

एपीएफले ५ खेल खेल्दा ३ जित निकालेको छ भने आर्मी ५ खेलमा हालसम्म अपराजित छ ।

पीएम कप क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय