+
+
Shares

बागमतीमा धेरै पानी बगिसक्यो, राजा फर्कन्छन् भन्ने विश्वास लाग्दैन : शेखर

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कोशिश भए पनि इतिहास बनिसकेको राजतन्त्र फर्कन्छ भन्ने विश्वास नरहेको बताएका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १६:३५

४ चैत, विराटनगर । नेपाली कांग्रेस नेता डा. शेखर कोइरालाले राजावादी आन्दोलनबाट सतर्क बन्नुपर्ने बताएका छन् । सोमबार आफ्नै निवासमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले सतर्क बन्नुपर्ने बताएका हुन् ।

पूर्वराजा ज्ञानेन्द्र शाहको पछिल्ला गतिविधिका बारेमा जानकार रहेका उनले भने, ‘हामी आत्तिहाल्नुपर्ने अवस्था छैन, तर सतर्क बन्नुपर्छ, सतर्क हुने भनेको राम्रो काम गर्ने हो ।’

जनताको आकांक्षा धेरै रहेको बताउँदै उनले राजनीतिक परिवर्तनपछि धेरै कामहरू भएको बताए । ‘हामीले के गर्‍यौं गरेनौं भन्ने कुरा महत्वपूर्ण हो । केही गरेनौं भन्ने होइन, धेरै गरेका छौं,’ उनले भने, ‘जनताको आकांक्षा अत्यन्त धेरै छ, जनताले खोजेका कुरा हामीले दिन सकेका छैनौं, तर जनतालाई सुसूचित गर्ने काम त हामी राजनीतिक दल र सरकारकै हो ।’

राजनीतिक दलका नेतृत्व प्रतिको वितृष्णका कारण अहिलेको अवस्था आएको उनको भनाइ छ ।

‘बागमतीमा धेरै पानी बगिसक्यो, मलाई चाहिँ लाग्दैन राजा फर्कनुहुन्छ भन्ने,’ के अब राजा आउँछन् त भन्ने प्रश्नमा कोइरालाले भने, ‘तर कोशिश त जहाँ पनि हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?