+
+
Shares

कविता लेख्दै प्रधानमन्त्रीले खोजे ‘भाइमारा र मूर्ति चोर’

कविताबाटै राजावादी गतिविधिको आलोचना गरेका प्रधानमन्त्रीले त्यस्तो अभियान नचल्ने विश्वास पनि व्यक्त गरेका छन्

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १६:५८

४ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी शक्तिहरूको गतिविधि केन्द्रित कविता सुनाएका छन् ।

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले गरेको हिमवत् खण्ड कला–साहित्य–संस्कृति सम्मिलनलाई समापन गर्दै प्रधानमन्त्री ओलीले कविता सुनाएका हुन् ।

कवितामा प्रधानमन्त्री ओलीले ‘हराएको मूर्ति खोजी भइरहेको, भाइमाराको खोजी भइरहेको’ जस्ता बिम्ब प्रयोग गरेका छन् ।

सिधै चोर बन्न नमिलेकाले ‘मूर्ति हराएको’ भन्नुपरेको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति थियो । कविताबाटै राजावादी गतिविधिको आलोचना गरेका प्रधानमन्त्रीले त्यस्तो अभियान नचल्ने विश्वास पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?