+
+
Shares

असन्तुष्ट समूहले फाल्यो त्रिवि विद्यार्थी कल्याण परिषद् सदस्य सचिवको कुर्सी

५ चैतमा हुनुपर्ने स्ववियु चुनाव ८ चैतमा सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले कुर्सी फालेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १६:५५

४ फागुन, काठमाडौं । त्रिवि, विद्यार्थी कल्याण परिषद्का सदस्य सचिव पशुपति अधिकारीको कुर्सी असन्तुष्ट पक्षका विद्यार्थीहरूले बाहिर ल्याएर फालेका छन् ।

५ चैतमा हुनुपर्ने स्ववियु चुनाव ८ चैतमा सारिएपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले कुर्सी फालेका हुन् ।

चुनावको मिति सरेपछि असन्तुष्ट बनेका विद्यार्थीहरूले कुर्सी फालेको नेविसंघका विद्यार्थी अनोज कार्की बताउँछन् ।

कार्की अध्यक्षको उम्मेदवारसमेत थिए । तर, नेविसंघबाट दुई जनाको उम्मेदवारी परेपछि दीपक जोशीको समूहलाई आधिकारिकता दिएर कार्कीको उम्मेदवारी रद्द गरिएको थियो ।

विश्वविद्यालय क्याम्पसको चुनाव ८ चैतका लागि सारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?