+
+
Shares

इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १७:१०

४ चैत, काठमाडौं। इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा नुवाकोटको तारकेश्वर गाउँपालिका–५ का हिरा तामाङ छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले आइतबार बबरमहलबाट पक्राउ गरेको हो ।

उनले इराकमा आकर्षक तलब हुन्छ भन्दै प्रलोभन देखाएर दुबई हुँदै इराक पुर्‍याएर मानव बेचबिखन गरेको आरोप छ ।

इराकमा बन्धक बनाएको अवस्थामा ५ फ्रेबुअरी २०२५ मा उम्कन सफल भए व्यक्ति नेपाल फर्केका थिए । उनैले जाहेरी दिएपछि तामाङलाई पक्राउ गरिएको ब्यूरोका प्रवक्ता एसपी नरेन्द्र कुँवर बताउँछन् ।

उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?