+
+
Shares
सर्वोच्चले भन्यो- :

‘नक्कली शरणार्थी प्रकरणका दुई आरोपितको थुना कानुनसम्मत’

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत ४ गते १७:४३

४ चैत, काठमाडौं । सर्वोच्च अदालतले नक्कली शरणार्थी प्रकरणमा मुछिएका दुई आरोपितको थुनालाई कानुनसम्मत भनेको छ ।

सोमबार सर्वोच्च अदालतका दुई छुट्टाछुट्टै इजलासले टेकनारायण पाण्डे र बेचन झालाई थुनामुक्त गर्न माग गरिएको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

न्यायाधीशहरू डा. कुमार चुडाल र महेश शर्मा पौडेलको इजलासले टेकनारायण पाण्डेका लागि उनकी पत्नी मञ्जु पाण्डेले दर्ता गरेको निवेदन खारेज गरेको हो ।

त्यसैगरी विनोद शर्मा र अब्दुल अजीज मुसलमानको इजलासले बेचन झाले दर्ता गरेको अर्को बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

टेकनारायण पाण्डे र बेचन झा दुवै नक्कली शरणार्थी प्रकरणमा मुछिएर मुद्दा चलेका आरोपितहरू हुन् ।

उनीहरूलाई जिल्ला अदालतले थुनामा राख्ने आदेश गरेको थियो । त्यसविरुद्ध उनीहरुले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?