
काठमाडौं । हलमा रिलिजअघि फिल्म ‘द्रौपदी’लाई एकपछि अर्को अन्तर्राष्ट्रिय सफलता मिलिरहेको छ । गतसाता जर्मनीको प्याराडाइज फिल्म फेस्टिभलमा ऋषिराज आचार्य निर्देशित फिल्म छनोट भयो ।
यो फिल्म हंगेरीको ‘पापा इन्टरनेसनल हिस्टोरिकल फिल्म फेस्टिभल’मा पनि छनोट भएको छ । यो फेस्टिभल हंगेरीको ऐतिहासिक सहर पापामा अप्रिल २५ देखि २८ सम्म आयोजना हुँदैछ ।
कर्णालीको कथावस्तुमा बनेको यो फिल्मको ट्रेलर र गीत अहिले चर्चामा छन् । कर्णालीका भूगोलका महिलाको बाध्यता र विवशताको कथा पेश गर्ने यो फिल्म चैत ८ मा हलमा प्रदर्शन तयारीमा छ ।
फिल्ममा रवि ओड, आश्विनी शाही, कविराज भाम, जेल्सन अधिकारी, सुजाता तिमल्सिना, विष्णु ठडराई, प्रकाश ज्ञवाली, सीता बौडेल, सुरज अधिकारी, ऋषिराज आचार्यको अभिनय छ ।
यो फिल्मलाई शे-फोक्सुन्डो लगायत कर्णालीका मनोरज लोकेसनमा खिचिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4